धादिङको सल्यानटारमा आज आयोजित कृषि मेलामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले आफू सरकारबाट हटेसँगै बुढिगण्डकी आयोजना हरायो पूर्वप्रधानमन्त्री ओलीले भने बिरालो सेतो बिरालो भए पनि, कालो भए पनि मुसा मार्नुपर्छ ।
यो सल्यानटारको बिकाश गर्न बुढीगण्डकी जलबिद्युत आयोजना जस्ले बनाए पनि स्वागत गर्नुपर्छ । म प्रधानमन्त्री हुँदा बुढीगण्डकी अघि बढाउने निर्णय गरिसकेको थिएँ, म हटेपछि काम अघि नै बढने,’ ओलीले भन्नुभयो, ‘बुढीगण्डकी अघि बढाउन र बनाउन सायद म नै सरकारमा आउनु पर्ने होला,’ ओलीले भन्नुभयो, ‘मप्रधानमन्त्री बनिन भने सायद बुढीगण्डकी पनि बन्दैन होला । म नबने पनि नेकपा एमालेको सरकार नबनेसम्म यो बन्दैन भन्ने देखियो ।
ओली नेतृत्वको सरकारको बेला भारतले लामो समयदेखि मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको पूर्ण नक्सा जारी गरी संसदबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । नक्सा जारी भएको केही समयमै आफूले भारतलाई पत्राचार गरेर नेपाली भूमि फिर्ता गर्न भनेको तर आफू सरकारबाट हटेपछि सत्ता गठबन्धनले नेपाली भूमि फिर्ता ल्याउने बिषयमा बोल्नै नसकेको ओलीले बताउनु भयो ।
‘नेपालको जमिन नेपालको नक्सामा सामेल गरिएको छ । नेपालको जमिन अर्काले भोगचलन गरिरहेको छ । त्यो हाम्रो जनिम हामीलाई फिर्ता चाहिन्छ भनेर भारतलाई पत्राचार गरेको छु मैले ओलीले भने तर अहिलेका सरकारमा बस्नेहरु यसबारे एक शब्द बोल्न पनि सक्दैनन । कस्ता हुतिहाराहरु रहेछन । आफ्नो देशको बारेमा बोल्न सक्दैनन, आफ्नो जमिनको बारेमा बोल्न सक्दैनन ।’
अध्यक्ष ओलीले एमालेले छिमेकीप्रति मित्रवत सम्बन्ध कायम राख्न चाहेको भन्दै घुँडो टेक्ने कामचाँहि मित्रता नहुने बताउनु भयो । ‘हामीले हाम्रा छिमेकीहरुसँग सत्रुता गर्ने होइन, मित्रता गर्न चाहन्छौं तर मित्रता भनेको घुँडो टेक्नु होइन । हामीले हाम्रो भूमि फिर्ता लिनुपर्छ । यो कुनै नाजायज कुरा हो र ? यो भनेको हामीले दुश्मनी गर्न खोजेको हो र ?’