नेपाल टेलिकमले भूकम्प प्रभावित तीन जिल्लामा टेलिफोन सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुम(पश्चिम) र रुकुम(पूर्व)मा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्कयता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो ।