आश्विन,१३ धादिङ / खुर्पा प्रहारबाट वृद्धाको ज्यान गएको छ । धादिङ्गको नेत्रावती डबजाेङ गाउँ पालिका वडा नं ४ का हजारेबिसटाेल कि ७२ वर्षीया सुकमायाँ गुरुङकाे गत शुक्रवार छिमेकीको खुर्पा प्रहारबाट ज्यान गएको हो ।
कुप्रे भनेर जिस्काउने गर्दा रिस उठेकाे र बाख्राले बाली खाएको रिसमा छिमेकी ३८ वर्षीय मंगल गुरुङले शरिरका विभिन्न भागमा खुर्पाले काटेर हत्या गरेकाे पीडकले प्रहरीलाई बताएका छन् । घटना भएकाे खबरपछि प्रहरी चाैकी कटुन्जेकाे टाेलीले पिडकलाई असाेज १२ गते शुक्रबार नै गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएकाे छ ।