नेकपा एमाले धादिङको ९ औं जिल्ला अधिवेशनमा प्रतिनिधिले प्रयाेग गर्ने झाेला फुलखर्कका राजकुमार अधिकारीले सहयाेग गर्नुभएकाे छ भने त्रिपुरा पुस्तक पसलले कापी कलम सहयाेग गर्नुभएकाे छ ।
“सुदृढ संगठन एकताको आधार ः एमालेको संकल्प जनताको सरोकार” भन्ने नाराका साथ माघ १९ र २० गते हुने जिल्ला अधिवेशनका प्रतिनिधिलाई वितरण गर्ने झाेला अधिकारीले सहयाेग उपलब्ध गराउने हुनुभएकाे हो।
करिव ७ सय प्रतिनिधिका लागि चाहिने झाेलाका लागि २ लाख ५० हजार बराबर सहयाेग उपलब्ध गराउनु भएकाे नेकपा एमालेका नेता उमेश थापाले बताउनुभयाे ।
अधिकारी ( हाल) जापान मा बसाेबास गर्ने गंगाजमुना गाँऊ पालिका वडा नम्बर-५ फुलखर्कका सामाजिक कार्यकर्ता हुनुहुन्छ ।
नेकपा एमालेले देशमा विकास र समृद्धिका लागि काम गरेकाेले अधिवेशन सफलताका लागि सहयाेग गरेकाे बताउनुभयाे ।
यसैगरि प्रतिनिधिले प्रयाेग गर्ने ७ सय डायरी र ७ सय कलम त्रिपुरा पुस्तक पसल धादिङबेसीले उपलब्ध गराउने भएकाे छ ।
पुस्तक तथा स्टेसनरी व्यवसायी नारायणकुमार श्रेष्ठले डायरी र कलम उपलब्ध गराएर एमाले अधिवेशनलाई सहयाेग गर्न लागेकाे बताउनुभयाे ।
नेकपा एमाले धादिङको नवाैँ जिल्ला अधिवेशन नेकपा एमाले अध्यक्ष केपि शर्मा अाेलीले माघ १९ गते उद्घाटन गर्नुहुने भएकाे छ ।