वागमती प्रदेशको प्रथम वैठक सम्पन्न, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वागमती प्रदेशले ल्होसार कार्यक्रम गर्ने
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वागमती प्रदेशले पौष २८ गते च्यासलमा प्रथम वैठक सम्पन्न गरेको छ । भाद्र ३० गते सम्पन्न अधिवेशन पछि पहिलो वैठक वसेको हो ।
वैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय उपाध्यक्ष विजय सिंह लोप्चन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय उपमहासचिव देवराज राई नेकपा एमाले बागमती प्रदेश सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल सचिव हर्कमान तामाङ नेकपा एमाले बागमती प्रदेश सम्र्पक मञ्च उपाध्यक्ष सरोज महोन तामाङ र कृष्ण भुजेल लगाएतको उपस्थितिमा वैठक सम्पन्न भएको हो ।
वैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वागमती प्रदेश अध्यक्ष बाशु श्रेष्ठले प्रस्तुत गर्नु भएको वार्षिक कार्ययोजना अनुमोदन गर्नुको साथै सर्वसम्मत पारित भएको छ । भने लेवि लगाएत सात वुद्दे एजेण्डा अन्र्तगत ल्होसार कार्यक्रम गर्ने निर्णय गरेको छ । सो निर्णय कार्यन्वयन गर्नका लागि पदाधिकारी वैठकबाट कार्यक्रम तयारी संयोजनक वनाईने लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वागमती प्रदेश अध्यक्ष बाशु श्रेष्ठले वताए ।
लक्ष्य विवरण ः–
# २०८१ सालमा २०८१ सदस्य वितरण ।
#१३ जिल्लामा १०५ मिसन ।
#१३ जिल्लामा १३ बागमती प्रदेशको पुर्ण वैठक ।
# कार्यकर्तामा आत्मनिर्भर र सिपमुलक प्रशिक्षण ।
#एक वर्ष एक सास्कृती प्रतियोगिता कार्यक्रम ।
१. २०८१ सालमा २०८१ सदस्य वितरण ः लोकतान्त्रिक आदिवासी जनाजाति महासंघ नेपाल बागमती प्रदेशले आगिमी २०८१ सम्म १३ वटा जिल्लाबाट २ हजार ८१ सदस्य वनाउने लक्ष्य लिएको छ । जसका लागि प्रत्यक बागमती प्रदेश सदस्यले एक सदस्य वरावर १५ जना सदस्य अनिवार्य वनाउनु पर्ने छ ।
२. १३ जिल्लामा मिसन १०५ ः लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेशले १३ जिल्लामा १ सय ५ स्थानिय निकाय अर्थात गाउँपालिका नगरपालिका छन् । जुन गाउँपालिका नगरपालिकाको संगठन विस्तारको लागि १०५ मिसनका साथ एक सदस्य वरावर २ पालिका संगठन विस्तार ।
३. १३ जिल्लामा १३ वागमती प्रदेशको पूर्ण वैठक ः लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल बागमती प्रदेश चुस्त र चलाएमान सक्रिय वनाउने उद्देश्यका हरेक ३ महिनाको फरकमा १३ जिल्लामा बागमती प्रदेशको पुर्ण वैठक राखिने छ । जसमा पुर्ण वैठक गरीने पालिकामा पालिका संगठन पनि विस्तार गरिने छ ।
४. कार्यकर्तामा आत्मनिर्भर र सिपमुलक प्रशिक्षण ः लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेशले कार्यकर्तालाई उत्पादन र आर्थिक सवलिकरण गर्नको लागि सिपमुलक तालिमबाट आत्मनिर्भर वनाउन होमस्टे, आग्रानिक खेती, लगाएत व्यवसायीक शिपमुलक तालिम दिएर आर्थिक सवलिकरण साथै कार्यकर्तामा उत्पादनमुखी वनाउने ।
५. एक वर्ष एक सास्कृति प्रतियोगिता कार्यक्रम ः लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वागमती प्रदेशमा रहेका आदिवासी जनजातिहरुको आफ्नो पहिचान र मौलिकता झल्किने गरी हरेक वर्ष झाकी प्रतियोगिता गरीने छ ।
बैठक तस्वीर